नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो ,१४ हजार ४ सय ९२ जना डिस्चार्ज

साउन १७- नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २० हजार नाघेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार थप ३१५ जनामा कोरोना पोजिटिभ भएको जानकारी दिएको छ ।

 

विभिन्न प्रयोगशालामा ६ हजार ९ सय ९३ जनामा गरिएको पीसीआर परीक्षणमा थप ३१५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

 

यससँगै काेराेना संक्रमितकाे संख्या २० हजार ८६ पुगेकाे छ । कुल संक्रमितमध्ये जसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ रहेको छ ।

 

कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

 

काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५६ रहेकाे छ । शनिबार कसैकाे पनि काेराेनाबाट मृत्यु नभएकाे मन्त्रालयले जनाएकाे छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु