आज बुधबार थप ११७२ जनामा कोरोना पुष्टि, १८९३ जना संक्रमण मुक्त

भदौ ७- नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । यसै क्रममा आज ११ सय ७२ जना संक्रमित थपिएका छन् । देशभर ९ हजार ४४९ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ कुल संक्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको छ । सक्रिय संक्रमित १७ हजार ४१४ जना रहेका छन् ।

नेपालमा संक्रमित बढ्दै गए पनि निको हुनेको संख्या पनि उल्लेख्य मात्रामा बढीरहेको छ । २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १८९३ जना रहेको छ । यो सगैँ डिस्चार्ज हुनेको संख्या ४९ हजार ९१४ पुगेको छ । यो भनेको कुल संक्रमितको ७३.७ प्रतिशत हाराहारी रहेको छ ।

 

बुधबार कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ६ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । 

झापामा ८६ वर्षिय, सिराहामा ५० वर्षिय र काठमाडौंमा १६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७४ वर्षिय, बर्दिमा ६५ र ३९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

 

 काठमाडौंमा ६८ वर्षिय महिलाको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु