बिहीबार नेपालमा एकैदिन१४९७ जना संक्रमित थप,४५७ जना डिस्चार्ज तथा १७ जना मृत्यु

भदौ ८- बितेको २४ घण्टामा देशभर यस्तै १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

 

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् ।

 

११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा ५ सय १३ महिला र ९ सय ८४ पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको छ । यस्तै चितवनमा १ सय ३७, मोरङमा ७३, रुपन्देहीमा ८६ जनामा संक्रमण देखिएको छ ।

 

आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय ७, प्रदेश नम्बर २ मा ९ सय ८४, बागमती प्रदेशमा ५ हजा ३ सय ९ र गण्डकी प्रदेशमा ६ सय ३० जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ४२, कर्णाली प्रदेशमा २ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ४ सय ६१ जना संक्रमित रहेका छन् ।

 

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ४ सय ७७, प्रदेश नम्बर २ मा ६ सय ४३, बागमती प्रदेशमा ५ हजार ५ सय ३६ र गण्डकी प्रदेशमा ३ सय ६० जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८६, कर्णाली प्रदेशमा २ सय ३३ र सुदूरपश्चिम प्रदेशमा १ सय ८८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आइसीयुमा २ सय ३२ जना र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन् ।

 

आज ४ सय ५७ जना संक्रमित डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ६ सय, प्रदेश नम्बर २ मा १२ हजार ८ सय ५, बागमती प्रदेशमा ३ हजार ७२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ४८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ८ सय २५, कर्णाली प्रदेशमा २ हजा ७ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ३ सय ७० गरी देशभरी ५० हजार ४ सय ११ जना संक्रमित डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

 

बिहीबार थप १७ जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु