कोरोना संक्रमणबाट नेपालमा शनिबार थप ८ जनाको मृत्यु ,१२०७ नयाँ संक्रमित थपिए

असोज १०- नेपालमा कोरोना भाइरसबाट शनिबार थप ८ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ७ जनामा कोरना संक्रमण भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा चार सहित आज ८ जनाको पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा २० र ७४ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी सप्तरीमा ६३, मकवानुरमा ७४, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।

 

नेपालमा थप १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार १९ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ११ र पुरुष ७ सय ९६ जनामा संक्रमण देखिएको हो । नेपालमा कुल संक्रमितको संख्या आजसम्म ७१ हजार ८ सय २१ पुगेको छ ।

 

आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ । देशभरी ७ हजार ८ सय ३३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन । देशभरी १० हजार ५ सय ८ जना होम आइसोलेसनमा रहेका छन । २ सय २४ जना आइसियु र २७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन ।

आज १ हजार १ सय ४७ जना संक्रति डिस्चार्ज भएका छन । आजसम्म ५३ हजार १३ जना संक्रमित डिस्चार्ज भएका छन ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु