आईतबार नेपालमा१५७३ संक्रमित थपिए आजै १० जनाको मृत्यु तथा ८८५ जना डिस्चार्ज भए

असोज ११- नेपालमा आज आईतबार १५७३ संक्रमित थपिएका छन् । देशभर १० हजार १२३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।

यो सगैँ कुल संक्रमितको संख्या ७३ हजार ३९४ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । आज जम्मा ८८५ जना मात्र डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९५ जना पुगेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४७७ पुगेको छ। 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु