नेपालमा कोरोनाले पछिल्लो २४ घण्टामा १९ को मृत्यु, २४४० जनामा संक्रमण तथा ११३३ जना डिस्चार्ज

 असोज १९- नेपालमा कोरोना भाइरसबाट सोमबार थप १९ जनाको मृत्यु भएको छ ।

 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा तीन महिलासहित ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७६ वर्षीया ८१ वर्षीया र ८३ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै काठमाडौंमै २६ वर्षीय, ६५ वर्षीय, ६७ वर्षीय, ७८ वषीय, ८१ वर्षीय, ९१ वर्षीय पुरुषको मृत्यु भएको छ । पर्सामा ६५ र गोरखामा ४५ वर्षीया महिलाको मृत्यु भएको छ । भने, यस्तै ललितपुरमा ३ वर्षिइ बालक, ५५ वर्षीय पुरुष र ७१ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
 
यसैगरी सर्लाहीमा ४२ वर्षीय र ६९ वर्षीय पुरुष, सुनसरीमा ५५ वर्षीय पुरुष चितवनमा ६२ वर्षीय पुरुष नवलपरासीपूर्वमा ३६ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।
 
आज नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना देखिएको छ । १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएकोमा ९ सय ३७ महिला र १५ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो । नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।
 
देशभरी सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको छ । आज देशभरी ११ हजार ९ सय ९१ जना रहेका छन । देशभरी १२ हजार ३ सय १६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आइसियुमा २ सय ३३ र भेन्टिलेटरमा ४३ जना संक्रमित उपचाररत रहेका छन ।आज ११ सय ३३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । देशभरी ६५ हजार २ सय २ जना डिस्चार्ज भएका छन ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु