बागलुङ समाज जापानद्वारा ढोरपाटन र जैमिनीका बाढी पहिरो प्रभावितलाई १२ लाख बढी सहयोग प्रदान

बागलुङ समाज जापानले ढोरपाटन बाढी पहिरो पिडितको लागी संकलित आर्थिक सहयोग रकम प्रदान गरेको छ ।समाजको सक्रियतामा संकलित रकम मध्य ११ लाख २९ हजार ६ सय ९२ रुपैयाँ ढोरपाटन नगरपालिकाको दैवि प्रकोप राहत कोषमा संकलन गरिएको महासचिव राजु केसीले जानकारी दिनुभयो । 

  

सोही अभियानको रकम मध्यबाट बागलुङ जैमिनि नगरपालिका वडा नम्बर १ टुनिवोट र वडा नम्बर ५ बिनामारेका बाढि पहिरो पिडितलाई बलेवा सेवा समाजले चलाएको आर्थिक संकलन अभियानमा जापानिज पाँच मान येन सहयोग प्रदान गरेको महासचिव केसीले बताउनुभयो ।

 

समाजको नेतृत्वमा जापानमा रहेका दुई सय सत्र जना व्यक्तिबाट संकलित उक्त रकम समाजका नेपाल स्थित प्रतिनिधी सम्पन्न श्रेष्ठ द्वारा नगरपालिकाकाे दैबी प्रकोप राहत कोषमा जम्मा गराउनुभएको हो। 

 समाजका निवर्तमान अध्यक्ष सिद्धार्थ श्रेष्ठले प्रभाबितलाई तत्कालै राहतको अनुभुति दिने उद्देश्यले छोटो समयमा संकलित रकम समाजको अधिबेशन तयारी तथा लगत्तै समाजभित्रैका जिम्मेवार व्यक्तिमा कोभिड-१९ संक्रमणले गर्दा केही ढिला जम्मा भएको भएपनी यो रकम आवास निर्माणका कोशेढुङ्गा साबित हुने विश्वास लिएको बताउनुभयो । 

 

समाजका अध्यक्ष प्रेम कँडेलले पीडितहरुको घाउमा मल्हम लगाउने उद्धेश्यले संकलन गरेको राहत रकमलाई सहि सदुपयोग गर्दै, नगरको प्रतिबद्धता बमोजिम छिट्टै आवास निर्माण कार्य सम्पन्न भई पिडितलाई हस्तान्तरण हुने विश्वास लिएको बताउनुभयो । साथै यस महान कार्यमा आर्थिक , नैतिक र भौतिक सहयोग गरि साथ दिनुहुने सबै प्रति धन्यवाद तथा आभार ब्यक्त गर्दै आगामी दिनमा पनी निरन्तर साथ र सहयोग रहने अपेक्षा रहेको अध्यक्ष कँडेलले बताउनुभयो । 

 

गत भाद्र १७ गते रातिमा ढोरपाटन नगरपालिका- ९ बोबाङमा आएको भिषण बर्षासँगैको पहिरोबाट २२ जनाको ज्यान गएको र एक दर्जन बढी अझै वेपत्ता रहेका छन् भने दर्जनौं घरपरिवार घरवार विहिन हुन पुगेका छन् । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु