राष्ट्रिय जनमोर्चाका अध्यक्ष लोकप्रिय नेता चित्रबहादुर केसीलाई कोरोना संक्रमण ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । लक्षणसहितको कोरोना संक्रमण देखिएपछि उनलाई ललितपुरस्थित नेपाल मेडिसिटीमा भर्ना गरेर उपचार थालिएको श्रोतले जानकारी दिइएको छ । एक महिनासम्म रुपन्देहीमा रहेका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि रुपन्देहीमै कोरोना परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनी काठमाडौं आएका थिए । तर, स्वास्थ्यमा सुधार नभएपछि उनको फेरि एक पटक पिसिआर परीक्षण गरिएको थियो । अस्पतालका अनुसार केसीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु