स्टोरेज समस्याको कारण जिमेल र युट्युब ठप्प

१४ डिसेम्बर बेलुका गुगलको थुप्रै सुविधाहरु अचानक बन्द भयो 

जिमेल, युट्युब , ड्राइभ सबै विभिन्न प्रकारको सुविधाहरु बन्द भयो तर इनकोग्निटो मोडमा जिमेल चलिरहेको थियो । करिब ४५ मिनेट सम्म ठप्प भएपछि गुगलको सबै सेवा पुन सुचारु भएको थियो ।

 

यस भन्दा पहिला अगष्ट महिनामा पनि गुगलमा यस्तै प्रकारको समस्या आएको थियो र त्यस समयमा गुगलले आउटेजको कारणको बारेमा केहि बताएको थिएन तर यसपटक भने गुगलले कारण सहित स्पष्टिकरण दिएको छ ।

 

गुगलले ४५ मिनेटको आउटेज पछि आधिकारिक रुपमा भन्यो, “इन्टरनल स्टोरेज कोटाको कारण यस समस्या भएको थियो ।”

 

स्टोरेज सकिएको थियो वा अन्य कुनै समस्या थियो, गूगलले स्पष्टरुपमा भनेको छैन तर यदि स्टोरेजको समस्या थियो भने यो निकै लजास्पद कारण हो किनभने गुगलले आफ्नो प्रयोगकर्तालाई स्टोरेज किन्न भनिराख्ने गर्दछ जब आफैं स्टोरेजको समस्याबाट ग्रसित छ ।

 

गुगलको अनुसार, सन् २०२१ जुन महिनासम्म फोटोज एपको साथमा उच्च-गुणस्तरको फोटोको लागि निशुल्क स्टोरेज उपलब्ध हुनेछैन ।

 

 

सन् २०२१ जुन १ सम्म गुगल फोटोजमा स्टोर हुने फोटोज-भिडियोको स्टोरेजको लागि जिमेल अकाउन्टको साथमा उपलब्ध हुने १५ जीबीको निशुल्क स्टोरेज नै प्रयोग हुनेछ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु