परदेशी गायक सुर्य खड्काको कैला कैलि बजारमा (भिडियो सहित)

प्रवाशबाट निरन्तर रुपमा लोक संगीतको क्षेत्रमा सक्रिय लोक दोहोरी गायक सुर्य खड्का र सर्जक योगराज कंडेलको लोक दोहोरी गित कैला कैलि डिजिटल बजारमा सार्वजनिक भएको छ ।

 

परदेशी गायकको समेत उपमा पाएका खड्का र चर्चित गायिका ज्योती लोहोनिको आवाजमा रहेको गितमा बालापनका साथीहरु एकअर्का बिच भेट हुँदा बालापनका कुराहरुको सम्झनालाई गीत मार्फत दर्शाईएको छ ।

 

योगराज कंडेलको शब्द सिर्जना, गायक खड्काको लय र बिनोद बाजुरालीको एरेन्ज रहेको गित सुर्य खड्का युटुब च्यानल बाट सार्वजनिक भएको हो ।  भिडियोलाई दुर्गा पौडैलले निर्देशन र नविन घर्ति मगरले सम्पादन गर्नुभएको छ ।

 

एक दशक लामो समय देखि जापानमा रहनुभएका  खड्कका लोक तथा दोहोरि गित प्रतिष्ठान जापान शाखाका अध्यक्ष समेत हुनुहुन्छ ।

 

दोहोरी गीत कैला कैलीले सफलता प्राप्त सकोस् टोटल न्युज सेवा डट कमको तर्फबाट शुभकामना सँगै यो भिडियो तपाईंहरुको लागि -



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु