बाग्लुङकी बाल गायिका दीपिका कँडेलले गायिन निकै उत्कृष्ट गीत साथ दिए मेक्सम र माण्डबीले (भिडियो सहित)

लोक तथा दोहोरी गायक मेक्सम खाती र संगीतकार दीपक कंडेलको सहकार्यमा नयाँ गीत ‘मेरी छोरी’ डिजिटल      बजारमा सार्वजनिक भएसँगै चर्चा बटुल्न सफल भएको छ । नरेश खातीको शब्द तथा संगीत रहेको उक्त गीतमा बाबाछोरीबिचको माया सम्बन्धलाई कथा बनाईएको छ ।

 

गीतमा सानी छोरीलाई आमाबाबा दुवैको माया बाबाले दिएर त्यहि छोरीको सहारामा बाँचेको कथालाई मुख्यरुपमा उठान गरिएको छ । बाबाछोरीनै एकअर्काको सहारा र संसार बनेका तर छोरीको बिबाहपछि अर्कैको घरमा जाँदा बाबा एक्लै र छोरीलाईपनि पराई घरमा जान निकै गाह्रो भएको मिठो कथालाई कलाकार दिलिप रायमाझी, टिकटक भाइरल एभेलीना खड्का र दिया जीसिले अभिनयमार्फत् उतारेका छन् ।

 

गीतमा मेक्सम खाती र माण्डबी त्रीपाठी र बागलुङकी ८ बर्षिय   बाल गायिका दिपिका कँडेलको आवाज रहेको छ । क्रान्ती केसीको निर्देशन रहेको गीतलाई दिपिका म्युजिकको अफिसियल युट्युवमार्फत बजारमा सार्वजनिक गरिएको हो । गीतले सबैको मन जितोस टोटलन्युजसेवा डट कमको तर्फबाट  शुभकामना सहित तपाईंकालागी यो भिडियो । 

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु